• २०८१ बैशाख १४ शुक्रबार

टी-१० लिगमा आज पारस र सन्दीप आमने सामने

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछाने आज एक अर्काविरुद्ध खेल्दै छन् ।

युएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आजराती हुने खेलमा पारसको टीम आबु धाबी र सन्दीपको टिम कर्नाटका टुस्कर्सबीच खेल हुन लागेको हो । खेल नेपाली समय अनुसार राति ९:४५ बाट सुरु हुने जनाइएको छ ।

नेपाली टिमका पुर्व कप्तान पारस आबु धाबीबाट पछिल्ला ३ खेलमा खेल्ने मौका पाएका छैनन् भने शुरुका दुई खेल खेलेका थिए । त्यस्तै पारसले दुई खेलमा पहिलो खेलमा ३ र दोस्रो खेल एक रन बनाएका थिए । दुवै खेलमा पारस अविजित रहेका थिए । 
त्यस्तै सन्दीपले भने कर्नाटकाबाट अहिलेसम्मका पाँचै खेलमा ६ विकेट लिएका छन् ।

जारी टी-१० लिगमा टीम आबु धाबी अहिलेसम्म ५ खेलमा केवल एक खेल जितेको छ भने एक खेल टाई भएको छ । त्यस्तै एक खेल बर्षाले पुरा हुन् सकेन भने २ खेलमा हार बेहोरेको छ । यसरी ५ खेलमा आबु धाबीको ४ अंक रहेको छ ।

त्यस्तै कर्नाटकाको भने ५ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल बिना नतिजा सकिएको थियो । यसरी कर्नाटकाको ५ खेलमा केवल ३ अंक रहेको छ ।

अब प्रतियोगितामा कर्नाटका बाहिरिइसकेको छ भने आबु धाबीले आजको खेलमा जित हासिल गरेमा प्लेअफमा स्थान बनाउने सम्भावना रहेको छ ।

अहिलेसम्म मराठा अरेबियन्स ५ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ भने बंगला टाइगर्स ५ खेलमा ७ अंकसहित नै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै डेक्कन ग्लाडियटर्सको ६ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नर्थर्न वारियर्स ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै क्वालान्दर्स ५ खेलमा ५ अंकसहित पाँचौ र डेल्ली बुल्स ५ खेलमा ३ अंकसहित सातौ स्थानमा रहेको छ ।                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै