• २०८१ बैशाख १७ सोमबार

विराटनगरमा वडा कार्यालय भवन उद्घाटन

kharibot

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गरिरेका छन्। 

नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गर्दै पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताए। उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरेका छन्। 

रानीमा नवनिर्मित सो भवन रु ६३ लाख लागतमा निर्माण गरिएको हो। उन्नाइस वटा वडा रहेको महानगरपालिकामा  वडा नं. ५, १५ र १८ का वडा कार्यालय बनिसकेका छैनन्। वडा नं ८ को वडा कार्यालय मन्दिरको भवन बहालमा लिई प्रयोग भइरहेको छ।

वडा नं ११ को कार्यालय भने निर्माणाधीन छ। अन्य वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गरिएको महानगरपालिकाका कर्मचारी सुमन दाहालले जानकारी दिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै