काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट इनिंग र ४८ रनले जित हासिल गर्दै सिरिजमा २-० ले क्लिन स्वीप गरेको छ । पाकिस्तान दोस्रो इनिंगमा २३९ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया एक इनिंग र ४८ रनले विजयी भएको हो ।
यस अघि पाकिस्तानले पहिलो इनिंगमा ३०२ रन बनाएको थियो । अस्ट्रेलियाले भने आफ्नो पहिलो इनिंगमा डेविड वार्नरको ३३५ रनको मद्धतले ३ विकेट गुमाएर ५८९ रन बनाएर इनिंग घोषणा गरेको थियो ।
अस्ट्रेलियाले यस अघिको पहिलो टेस्टमा पनि इनिंग र ५ रनले जितेको थियो ।
यो संगै पाकिस्तानले अस्ट्रेलिया टुरमा टी-२० सिरिज र टेस्ट सिरिज दुवै गुमाएको छ ।
टेस्ट सिरिजमा डेविड वार्नर प्लेयर अफ द सिरिज बनेका छन् । वार्नरले पहिलो टेस्टमा शतक र दोस्रो टेस्टमा तेहोरो शतक प्रहार गरेका थिए । वार्नर दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बनेका थिए ।