• २०८१ बैशाख १५ शनिबार

रोनाल्डोले पाँचौ पटक बेलुन डोअर जित्दा दु:खी भएको थिए – मेसी  

kharibot

काठमाडौँ । छैठौ पटक बेलुन डोअर जितेका लियोनेल मेसीले आफ्ना प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बेलुन डोअर जित्दा आफु दु:खी भएको बताएका छन् । गएराती फ्रान्सको पेरिसमा रेकर्ड छैठौ पटक बेलुन डोअर जितेका मेसीले रोनाल्डो र भिर्गिल भान डिकलाई पछी पारेका हुन् ।

मेसीले २०१५ पछि पहिलो पल्ट बेलुन डोअर जितेका हुन् ।  फ्रान्स फुटबलको वेबसाइटका लागि कुराकानी गर्दै मेसीले रोनाल्डोले २०१७ मा पाँचौ पटक बेलुन डोअर जित्दा आफुलाई गार्हो भएको बताएका हुन् ।

मेसीले भने,'मलाई दुख लागेको थियो किनकी पाँच पटक जित्ने म एक्लो थिइन् । जब क्रिस्टियानोले बराबरी गरे, म स्वीकार्छु म केहि दुखि भएको थिए । किनकी अब अब टपमा एक्लै थिइन ।' मेसीले अगाडी भने, 'पछिल्ला बर्षहरुमा म केहि दुखि भएपनि मैले किन जितिरहेको छैन भन्ने मलाई थाहा थियो । टिमको रुपमा हामीले मुख्य लक्ष्य च्याम्पियन्स लिग जित्न सकिरहेका थिएनौं, जसले मलाई बेलुन डोअर जित्न मद्धत गर्थ्यो ।'

मेसीले भने, 'जब रोनाल्डोले बेलुन डोअर जिते त्यति बेला उनले च्याम्पियन्स लिग जितेका थिए र त्यो सिजन उनले उत्कृष्ट खेलेका थिए । उनले त्यो डिजर्ब गर्थे ।' मेसीले रोनाल्डोको बारेमा बोल्दै भने, ' मैले रोनाल्डोको फ्रसट्रेसन पनि बुझेको छु, किनकी हामि यसैमा बाचेका छौ, सपना देखेका छौ र आफुलाई अगाडी बढाएका छौ ।'

मेसीले व्यक्तिगत अवार्ड पाएपनि टिमको रुपमा पाउने अवार्ड सधै ठुलो हुने बताए । मेसीले एक दशकसम्म प्रतिष्पर्धात्मक फुटबल खेल्नु ठुलो कुरा भएको भन्दै यसमा आफु भाग्यमानी भएको बताए ।

मेसीले यस अघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ मा यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले बेलुन डोअर अवार्ड पाँच पटक जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए ।

यस अघि २०१६ सम्म फिफा र फ्रेन्च फुटबल मिलेर यो अवार्ड दिने गरिएको भएपनि २०१६ पछि भने फिफाले बर्ष खेलाडीको अवार्ड दिने गर्दछ भने फ्रेन्च फुटबलले बेलुन डोअर अलग्गै दिदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै