• २०८१ बैशाख १५ शनिबार

प्रदेश ३ प्रदेशभित्रका साग पदक विजेतालाई पुरस्कारको घोषणा

kharibot

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशभित्रका १३औँ दक्षिण एशियाली खेलकूद (साग) का विजेतालाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी प्रोत्साहनका लागि भन्दै यस्तो निर्णय गरेको हो ।

बैठकले जारी सागका प्रदेश नं ३ भित्रका पदक विजेता खेलाडीलाई स्वर्णपदक विजेतालाई रु एक लाख, रजतपदक विजेतालाई रु ५० हजार र कास्यपदक विजेतालाई रु २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।  

यसैगरी बैठकले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको उनले बताए । साथै जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संशोधन कार्यविधि २०७६ को स्वीकृत गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कायविधि २०७६ स्वीकृत गर्नेलगायतका निर्णय गरिएको सरकारका प्रवक्ता ढुङ्गेलले जानकारी दिए । यसैगरी विभिन्न अस्थायी कार्यालय तथा आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेकोसमेत उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै