• २०८१ बैशाख २० बिहीबार

फातीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी, इन्टर मिलान बाहिरियो

kharibot

काठमाडौँ । युइएफ़ए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले इन्टरमिलनलाई पराजित गरेको छ । गएराती भएको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले इन्टर मिलानलाई पराजित २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा युवा खेलाडी अन्सु फातीले निर्णायक गोल गरेका हुन् ।फातीले १-१ गोलको अवस्थामा खेलको ८६औ मिनेटमा निर्णायक गोल गर्दै बार्सिलोनालाई जिताएका हुन् ।

यस अघि खेलको २३औ मिनेटमा बार्सिलोनाका लागि कार्लेस पेरेजले गोल गरेका थिए भने खेलको ४४औ मिनेटमा इन्टरका लागि रोमेलु लुकाकुले बराबरी गोल गरेका थिए ।

यो हारसहित इन्टर मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । समुह एफ कै अर्को खेलमा डोर्टमण्डले स्लाभिया प्राहलाई ३-१ ले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । बार्सिलोना भने यस अघि नै अन्तिम १६ मा पुगिसकेको थियो ।

आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाका लागी युवा खेलाडी फातीले कीर्तिमानी गोल गरेका छन् । फाती च्याम्पियन्स लिगको इतिहासमा गोल गर्ने अहिलेसम्म कै युवा खेलाडी बनेका छन् ।

फातीले १७ बर्ष ४० दिनको दिन च्याम्पियन्स लिगमा गोल गरेका छन् । फातीले ओलम्पियाका पिटर ओफोरी क्वाएले सन् १९९७ मा १७ बर्ष १९४ दिनको दिन गरेको गोलको किर्तिमान तोडेका हुन् ।  
  
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै