• २०८१ बैशाख १५ शनिबार

अफगानिस्तानले राशिद खानलाई हटाएर अफगानलाई बनायो कप्तान

kharibot

काठमाडौं । अफगानिस्तानले राशिद खानलाई कप्तानबाट हटाएको छ । अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान अशघर अफगानलाई कप्तान बनाएको घोषणा गरेको छ । 

विश्वकप अघि आफ्ना नियमित कप्तान अशघर अफगानलाई हटाएर नैबलाई कप्तान बनाएको थियो । तर विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तानले कप्तान गुलबदीन नैबलाई हटाउदै युवा खेलाडी राशिद खानलाई गत असोजमा नयाँ कप्तान बनाएको थियो ।

रशिदको कप्तानीमा अफगानिस्तानले हालै वेस्टइन्डिजविरुद्धको सिरिजमा खराब प्रदर्शन गरेको थियो ।

लगातारको खराब प्रदर्शन पछि अफगानिस्तान क्रिकेट बोर्डले फेरी अफगानलाई सबै फर्म्याटमा कप्तान बनाएको घोषणा गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै