• २०८१ बैशाख १७ सोमबार

घरेलु मैदानमा बोर्नमाउथसँग चेल्सी पराजित, युनाइटेड फाइदामा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । गएराती सम्पन्न घरेलु मैदानमा भएको खेलमा चेल्सी बोर्नमाउथसँग १-० गोल अन्तरले पराजित भएको हो ।

बोर्नमाउथको जितमा डान गोस्लिंगले खेलको ८५औ मिनेटमा खेलको निर्णायक गोल गरेका थिए । योसँगै पछिल्लो पाँच खेलमा चेल्सीले केवल एक खेलमा जित हासिल गरेको छ । साथै चेल्सीले घरेलु मैदानमा खेलेका पछिल्ला तीन खेलमा २ खेलमा हारे बेहोरेको छ ।

यो हारसँगै चेल्सीको प्रिमियर लिगमा १७ खेलमा २५ अंक रहेको छ भने लिगको चौथो स्थानमा रहेको छ । चेल्सीको लगातारको असफलतापछि यसको फाइदा म्यानचेस्टर युनाइटेडलाई हुने भएको छ । एक खेल कम खेलेको युनाइटेडको १६ खेलमा २४ अंक छ । अब आज हुने खेल युनाइटेडले जितेमा चौथो स्थानमा उक्लिने अवसर रहेको छ ।

त्यस्तै बोर्नमाउथको भने यो जितपछि १७ खेलमा १४ अंक भएको छ भने लिगमा १४औ स्थानमा रहेको छ । चेल्सीले अब लिगको अर्को खेल टोटनह्यामविरुद्ध खेलें छ भने बर्नमाउथले भने बर्नलीसँग खेल्ने छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै