• २०८१ बैशाख १८ मंगलबार

भ्रमण वर्षको लागि प्रदेश ३ सरकारले भोली गर्ने कार्यक्रमहरु यस्ता छन्

kharibot

 हेटौंडा । नेपाल भ्रमण वर्ष २०२० को लागि प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० को जनवरीको पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम रहेको छ।

आज डिसेम्बर ३१ मा भने काठमाडौंको ठमेलमा सहभागि भएका विदेशी तथा स्वदेशी पर्यटकलाई कल्चरल डान्स तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने तयारी रहेको छ।

पहिलो दिन रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ। त्यस्तै पर्यटकको गन्तव्यको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा विभिन्न जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम रहेको पर्यटन मन्त्री अरुण कुमार नेपालले बताए।

मन्त्री नेपालका अनुसार १६ गतेबाट ४ दिन सौराहा हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता समेत बताएका छन्। चितवन विमान स्थलमा आउने पहिलो विदेशी पर्यटकलाई मायाको चिनो तथा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ।

त्यस्तै, प्रदेश ३ को राजधानी रहेको मकवानपुर जिल्लामा भने इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, ईन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा मन्त्रालयले मार्खुमा साँस्कृतिक कार्यक्रम, पाराग्लाडिङ, पहिलो पर्यटक ३ जनालाई कुलेखानीमा निशुल्क बस्ने व्यवस्था समेत गरेको छ।

जनवरी फस्टमानै काभ्रेमा स्तम्भ निर्माणको शिलान्यास सहित विभिन्न कार्यक्रमहरु रहेका छन्। मन्त्रालयले चितवनमा फस्ट फ्लाइट २० जनालाई निशुल्क जंगल सफारी तथा हात्ती सफारी गराउनुका साथै एक रात बस्ने व्यवस्था समेत गरको मन्त्रालयले जनाएको छ।

सम्बन्धित जिल्लाका माननिय, जिसस प्रमुख, प्रजिअ, स्थानिय तह प्रमुख, राजनितिक दलका प्रमुख, होटल एशोसियसन, पत्रकार, उद्योगी, पर्यटन संग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सफलताका साथ भ्रमण वर्ष मनाउने मन्त्रालय स्रोतले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय