• २०८१ बैशाख १६ आइतबार

जनजागरण समाजद्वारा दुधौली नगरपालिकालाई सहयोग

kharibot

काठमाडौं । जनजागरण समाजद्धारा दुधौली नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । 

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९)को संक्रमणसँगै लकडाउनका कारण समस्यामा परेका ज्याला मजदुरी गर्ने, विपन्न, अशक्त, असाहय परिवारलाई खाद्यान्न वितरण गर्ने उदेश्यले नगरपालिका समेतले सहयोग आव्हान गरेका समयमा जनजागरण समाज नेपाल, सिन्धुलीले दुधौली नगरपालिकालाई १७ बोरा (५१० किलो) चामल सहयोग गरेको हो । 

संस्थाको मंगलबार बसेको बैठकले खाद्य सामग्री सहयोग गर्ने निर्णय गरेसँगै नगरपालिका प्रमुख घनश्याम राउतमार्फत बुधबार  खाद्य सामाग्री उपलब्ध गराएको हो । 

यसैबीच दुधौली नगरपालिकाका प्रवक्ता तथा २ नम्बर वडाका वडाअध्यक्ष रितेश राउतले विपद्को समयमा युवाहरुले गरेको यस्ता खालका रचनात्मक सहयोग गौरवको कुरा भएको बताए । युवा एक जुट भए हरेक समस्याको सहज समाधान गर्न सकिने उनको भनाई छ । 

जनजागरण समाज नेपाल सिन्धुली, दुधौली नगरपालिका १ नम्बर वडाका स्थानीय युवाहरुको पहलमा स्थापना भएको एक गैरसरकारी संस्था हो । जसले विभिन्न महामारी तथा विपद्को समयमा राहत तथा पुनस्थापना गर्ने काम गर्दै आएको छ । 

यस्तो विपद्को घडीमा नगरपालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको संस्थाका सचिव अनिल सापकोटाले जानकारी दिए । 

गत वर्ष संस्थाले यसै वडाको सहकार्यमा किशोर किशोरी जनचेतना तथा सामाजिक विकासको कार्यक्रम गरेको थियो । भावी दिनमा पनि यस्तै, सामाजीक अभियानका कार्य गर्ने संस्थाले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै