• २०८१ बैशाख १७ सोमबार

महिला टि-२० विश्वकप छनौट : नेपालले हङकङसँग पनि अंक बाड्यो 

kharibot

फाइल तस्बिर

काठमाडौं । महिला टि-२० विश्वकपको एशियाली छनौटमा नेपालले मंगलबार हङकङसँग पनि अंक बाँडेको छ । थाइल्याण्डको बैंककमा वर्षाले प्रभावित भएपछि हङकङ र नेपालले १–१ अंक बाँडेका हुन् ।  

वर्षाले खेल रोकेपछि नेपालले पहिलो खेलमा सोमबार पनि घरेलु टोली थाइल्याण्डसँग पनि अंक बाँडेको थियो ।  मंगलबारको खेलमा पनि अंक बाँड्न बाध्य भएपछि नेपालको दुई खेलबाट २ अंक मात्र भएको छ । सोमबार मलेसियालाई हराएको हङकङको भने ३ अंक छ ।

नेपालले अब तेस्रो खेलमा बिहीबार युएईसँग, चौथो खेलमा शुक्रबार मलेसियासँग र अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ । 

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने महिला टि -२० विश्वकपको छनौट खेल खेल्न पाउने छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै