• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैकले सोमबार १५ अर्ब ७४ करोडको ट्रेजरी बिक्री गर्ने

kharibot

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैकका अनुसार जारी मिती जेठ छ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुई अर्ब, एक सय ८२ दिने अवधिको ११ अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ भदौ दुई गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ मंसिर दुई गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७८ साल जेठ चार गते तोकिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै