• २०८१ बैशाख २१ शुक्रबार

स्पेसएक्सलाई ठुलो सफलता : दुई अन्तरिक्षयात्री सफलतापुर्वक पृथ्वीमा फर्किए

kharibot

काठमाडौँ । अमेरिकाको दुई जना अन्तरिक्षयात्री डग हर्ली र बब बेन्केन स्पेस स्टेसनबाट पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यान आइतवार फ्लोरिडाको सामुन्द्रिक तटमा गएराती सफलतापुर्वक अवतरण भएका हुन् ।

यस अवतरण सफलता संगै अमेरिकाले नयाँ कृतिमान कायम गरेको छ । अमेरिकाको स्थानीय समय अनुसार अपराहन्न २:४५ बजे सफलतापुर्बक स्पेस एक्सको ड्रेगन क्रु क्याप्सुल पृथ्वीमा अवतरण गरेको हो ।

समुन्द्रमा अवतरण गर्नासाथ स्पेसएक्सको टिमले ड्रेगन क्याप्सुललाई समुन्द्रबाट बाहिर निकालेका थिए ।  जसमा नासाका दुई अन्तरिक्ष यात्री ४९ बर्षिय बब बेहकेन र ५३ बर्षिय डग्लस हर्ली पृथ्वीमा फर्किएका छन् । उनीहरुको स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन् ।उनीहरु अन्तरिक्षबाट १९ घण्टाको यात्रापछि पृथ्वीमा फर्किएका हुन् ।

अमेरिकाले ४५ बर्ष अघि पनि पहिलो पटक अन्तरिक्ष यात्रीलाई समुन्द्रमा उतारेको थियो । ४५ वर्ष अगाडी अपोलो यान अन्तरिक्षमा सोभियत सोयुज क्राफ्टकहाँ पुगेर पृथ्वीमा फर्किएको थियो जसलाई पानीको सतहमा अवतरण गरिएको थियो ।

 अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो व्यवसायिक पार्टनर स्पेस एक्ससंग साझेदारी गर्दै यस मिसन सुरु गरेको थियो ।

फ्लोरिडाको पूर्वीय तटमा अवतरण तय गरिएकोले सो क्षेत्रमा मर्मतमा रहेका जहाजहरूलाई मेक्सिकोको खाडीमा, पश्चिमी फ्लोरिडाको पेन्साकोला र पानामा शहरमा लैजाने निर्देशन दिइएको थियो ।

पृथ्वीको वायुमण्डमा प्रवेश भएपछि यो तिब्र गतिमा यात्रा गर्दै पृथ्वी तर्फ आउछ र यानको तापक्रम करिब दुई हजार डिग्री सेल्सियस भन्दा माथि हुन्छ । क्याप्सुलमा दुईवटा प्यारासुटको सेट तयार गरिएको थियो - (ड्रग प्रणाली) एक प्रकारको तैरिने एन्कर रहेको छ । जुन पाँच सय ६० किलोमिटर प्रति घण्टाको गतिमा पाँच हाजर पाँच सय मिटर (१८०० फिट)मा खुल्छ , यसले यानलाई समुन्द्र सतहको पानिमा सुरक्षित अवतरण गर्न सहयोग गर्नेछ ।

अन्तरिक्षका दुई मध्य एक यात्री डग हर्ली भन्छन्, “अरु अन्तरिक्ष यात्रीले पानिमा अवतरण गर्दा केहि अप्ठ्यारो अनुभव भएको प्रतिवेदन पढेको छु त्यसैले यस विषयमा तयार रहेको छु, कहिले माथि जाँदा शरीरमा गार्हो हुन्छ त कहिले तल झर्दा, यो पहिलो पटक भने होइन ।”

मे महिनाको अन्त्यमा उनिहरु फ्याल्कन-९ रकेटबाट प्रक्षेपण गरि स्पेस स्टेसन पुगेका थिए, उक्त अन्तरिक्ष यान स्पेस एक्सले उपलब्ध गराएको थियो जसले अमेरिकी अन्तरिक्ष यात्रामा नयाँ युगको सुरुवात गरेको छ ।

नासाले आफु चालकदलको प्रयोगमा आउने यानमा केहि खर्च नगर्ने निर्णय गरेको छ र आफ्नो व्यवसायिक पार्टनरसंग सहकार्य गर्ने बताएको छ ।

यससंगै क्यालीफोर्नियामा रहेको स्पेस एक्स कम्पनीले नयाँ लगानी गरको छ । फ्याल्कनको प्राय भागहरु पुन प्रयोग गर्न सकिने अवस्थामा रहेको छ । नासाका प्रमुख संचालक जिम ब्राइडेनस्टाइनको अनुसार यसले खर्च निकै कम भएको छ ।

बोइंग कम्पनीले अन्तरिक्ष ट्याक्सी नामको नयाँ प्रोजेक्ट शुरु गरेको छ, जसमा स्पेस स्टेसनमा जान र फर्किन सुविधा मिल्नेछ तर  यसको स्टारलाइनर क्याप्सुलमा समस्या आएपछि यस प्रोजेक्टमा ढिलाई भइरहेको छ ।

यस यान अर्को वर्ष नयाँ प्रक्षेपणको लागि मर्मत हुन नविकरणको लागि जान्छ र अर्को पटक अन्तरिक्ष यात्री  मेघन म्याकअर्थर र उनकी श्रीमती बब बेन्कन अर्को अन्तरिक्ष यात्रामा जानसक्ने सम्भावना रहेको छ ।

हर्ली र बेन्कनले सन् १९८१, पछिल्लो सटल मिसनमा स्टेनमा छुटेको अमेरिकाको राष्ट्रिय झन्डा पृथ्वीमा आउँदा आफ्नो साथमा फिर्ता ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै