• २०८१ बैशाख २७ बिहीबार

सिद्धार्थ बैंकद्वारा कोरोना रोकथाम कोषमा सहयोग रकम हस्तान्तरण

kharibot

काठमाडौ । सिद्धार्थ बैकले कोरोना भाईरस रोकथाम कोषमा रकम सहयोग गरेको छ ।

बैंकले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७  हजार नौ सय २९ रुपैयाँ रकम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको हो । उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन । 

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमासंस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउँदै प्राप्त रकमको सरकारले कोरोना रोकथामएवं नियन्त्रणको काममा नै सदुपयोग गर्ने बताए । 

यसअघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीयतहलाई गरी ७६ लाख २४ हजार छ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हाल सम्म कुल तीन करोड ४३ लाख ५२ हजार पाँच सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

हालको प्रतिकुल परिस्थितिमा सरकारले तोकेको स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप बैंकले स्थानीय अधिकारी एवं सरकारका अन्य विभिन्न निकायसंगको समन्वयमा विभिन्न शाखाहरुका साथै डिजिटल माध्यमबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै