• २०८१ बैशाख १७ सोमबार

पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि

kharibot

प्रतिनिधि तस्वीर

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा १३ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा सबै जना कास्कीको पोखरा महानगरपालिकाका रहेका छन् ।

नयाँ संक्रमितहरु पोखरा महानगरको वडा नम्बर ४ का २ जना, ५ का एक जना, ६ का २ जना, ८ का ४ जना, ९ का एक जना, १६ का एक जना, २७ का एक जना र ३० का एक जान रहेका छन् । 

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय