• २०८१ बैशाख १७ सोमबार

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा तनहुँबाट मतदान

kharibot

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् । 

तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका पौडेलले दमौलीस्थित सत्यबती केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान गरेसँगै सत्यबती केन्द्रको मतदान सुरु भएको छ ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्र संस्थागत गर्न, शान्ति, स्थिरता र समृद्धिका लागि यो निर्वाचन एैतिहासिक भएको बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय