• २०८१ बैशाख १७ सोमबार

कृषि विकास बैंकको शाखा मुलपानीको फुयाँलमा

kharibot

काठमाडौं। कृषि बिकास बैकले काठमाडौ जिल्लाको मुलपानी फुयाल गाउंमा पनि सुविधा सम्पन्न आधुनिक बैकिङ्ग कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकका अनुसार कागेश्वरी नगरपालिकामा कृषि विकास बैंकको पूर्ण आधुनिक बैकिङ्ग सहित नयाँ शाखाको रुपमा सेवा संचालन शुभारम्भ गरिएको हो । 

उक्त सेवा संचालनको शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य माननिय मणीराम फुयाल, कागेश्वरी नगरपालीकाका मेयर कृष्ण हरी थापा, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधान अध्यापकहरु तथा भदर भलादमीहरुको उपस्थिती रहेको थियो । 

कोभिड–१९ कारणले औपचारीकरुपमा कार्यलयको उदघाटन हुन नसकेपनि न्यूनतम अप्नाउनु पर्ने सावधानी अप्पनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ गरिएको हो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै