• २०८१ बैशाख १६ आइतबार

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा गर्ने निर्णय : नेपाल प्रज्ञा प्रतिष्ठान

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा जगत प्रसाद उपाध्यायले जानकारी दिए । यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो  ।

प्राडा लुइँटेलको कृतिबारे छानबिन

बैठकले त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुइँटेलले बौद्धिक चोरी गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा प्रतिष्ठानको नाम समेत मुछिएकाले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न परिषद् सदस्य प्रा दिनेशराज पन्तको संयोजकत्वमा परिषद् सदस्यद्वय प्रा डा हेमनाथ पौडेल र प्राडा गोपीन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सञ्चारमाध्यममा डा लुइँटेलद्वारा लिखित तथा प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइँटेलले आफ्नो विद्यावरिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको र प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमितता समेत गरेको समाचार सार्वजनिक भएको थियो ।

लुइँटेलद्वारा लिखित र प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक कृतिमा पनि अनुसन्धान विधिको प्रयोग नगरी प्रतिष्ठानले छापेको भनेर प्रतिष्ठानप्रति समेत प्रश्न उठेको र ती प्रश्नमा प्रतिष्ठानले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठनको निर्णय गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै