• २०८१ बैशाख १५ शनिबार

शनिबारदेखि क्लिन फिडको अनुगमन हुन्छ - मन्त्रालय

kharibot

काठमाडौँ । सरकारले कार्तिक ८ गते शनिबारदेखि क्लिन फिड लागु हुने बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि क्लिन फिड लागु हुने र सरकारले यसको अनुगमन गर्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ - ' २०७७ कात्तिक ८ गतेदेखि प्रसारण संस्थाले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गरेरनगरेको सम्बन्धमा निरन्तर अनुगमन हुनेछ । ऐनको मर्म र भावना अनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन तथा कानून अनुसार तोकिएको मितिमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण नभएमा कानून अनुसार हुने व्यहोरा यस अघि नै सम्बन्धित सबै संघरसंस्था तथा सरोकारवालाहरुलाई विज्ञप्ति मार्फत जानकारी गराइसकिएको छ । तसर्थ विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम मिति २०७७ कात्तिक ७ देखी विदेशी च्यानलहरुलाई विज्ञापनरहित ९क्लिन फिड० प्रसारण लागू गरिएको सम्बन्धित सबैलाई जानकारी गराउँदै पूर्ण रुपमा सहयोग गरिदिनु हुन हार्दिक आह्‌वान गरिन्छ ।'    

सरकारले २०७६ कात्तिक ८ गते देखि लागू भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको बताउदै ऐनले दिएको एक बर्षको समय सकिएसँगै क्लिन फिड लागु हुने बताएको छ ।

मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्ष अर्थात संवत् २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्‍चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था रहेको सो को नियमावली समेत लागू भइसकेको बताएको छ । 

मन्त्रालयले कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भईसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्धहरु गरिसकिएको बताउदै कात्तिक ८ गतेदेखि प्रसारण संस्थाले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गरेरनगरेको सम्बन्धमा निरन्तर अनुगमन हुने बताएको छ ।
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै