• २०८१ बैशाख १६ आइतबार

क्लिन फिड कार्तिक ७ गतेदेखि नै लागु हुन्छ, म्याद थप्न मिल्दैन - सञ्चार मन्त्रालय

kharibot

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्तिक ७ गतेबाट क्लिन फिड लागु हुने स्पष्ट गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी जर्दै इण्डियन ब्रोडकाष्टर फोरम, डिस्कभरी नेटवर्कस, बिबिसीसहित नेपाल केबल टिभी महासंघलगायतले क्लिन फिड प्रशारणको म्याद थप गर्न माग गरेको भएपनि २०७७ कार्तिक ७ गतेदेखि क्लिन फिड लागु गर्न ऐनले नै व्यवस्था गरेकोले र ऐनले नै एक बर्षको तयारी समय व्यवस्था गरेकोले तोकिएको मितिमै क्लिन फिड लागु हुने बताएको छ ।

मन्त्रालयले भनेको छ - 'विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन चयनलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरि प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक बर्षभित्र अर्थात मिति २०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट कानुनि व्यवस्था रहेको छ ।'

मन्त्रालयले कार्तिक ७ गतेभित्र क्लिन फिड प्रशारण नभएमा कानुन बमोजिम हुने समेत जानकारी गराएको छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय