• २०८१ बैशाख १७ सोमबार

नेपाल पुनर्बीमा कम्पनीको सातौं वार्षिकोत्सव

kharibot

काठमाडौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा भर्चुअल कार्यक्रम आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको छ । 

सातौं बार्षिकोत्सवको अवसरमा नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीले  भर्चुअल कार्यक्रमको उद्घाटन गरे । 

पुडासैनीले कम्पनीलाई शुभकामना व्यक्त गर्दै सम्बोधनको क्रममा वित्तीय क्षमता अभिबृद्धि गर्न, विदेशमा शाखा कार्यालय स्थापना गर्न, संस्थागत सुशासन कायम गर्न, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङको प्रकृया थाल्न, जनशक्ति विकास तथा क्षमता अभिवृद्धि गर्न, पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्र्न जोड दिंदै पुनर्बीमा नीति चाँडै नेपाल सरकारवाट स्वीकिृत भई लागू हुने हुँदा सो अनुसार बीमा समितिवाट जारी हुने नीति निर्देशनलाई मानेर कार्य सम्पादन गर्न निर्देशन दिए । 

नेपाल बीमक संघ (जीवन बीमा) का अध्यक्ष शिवनाथ पाण्डेले कम्पनीबाट प्रवाह हुने सेवाहरु छिटो, छरितो, प्रतिस्पर्धी र पारदर्शी बनाउन जोड दिए । 

नेपाल बीमक संघ (निर्जीवन बीमा) का अध्यक्ष तथा कम्पनीका सञ्चालक दीपप्रकाश पाण्डेले विगतमा बिदेशी पुनर्बीमकहरुले नेपालको जोखिम स्वीकार नगरेको विषम परिस्थितिमा स्थापना भएको स्मरण गर्दै कोरोना भाइरसको संक्रमणको कारण आर्थिक जोखिम बढिरहेकाले आगामी दिन चुनौतिपूर्ण भएको बताए । 

कोरोना बीमाको दाबी भुक्तानीमा उल्लेख्य सहभागितावाट बीमा क्षेत्रको विकासको लागि कम्पनीले राम्रो कार्य गरेको बताए । कर्मचारीहरुको दक्षता अभिबृद्धिमा र क्रेडिट रेटिङ गर्न समेत सुझाव दिए ।

कम्पनीका अध्यक्ष यमलाल भुसालले क्षमता विस्तार, लगानीलाई सबल, जोखिम व्यवस्थापन, दायित्व र जिम्मेवारी दुवै भएकोले आगामी दिनमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले विदेशी मुलुकमा अझ व्यवसाय विस्तार गरी राष्ट्रको व्यापार घाटामा कमी ल्याउन मद्दत गर्ने लगायत व्यवसायिक दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको पुनर्बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उक्त अवसरमा नाफामुलक पुनर्बीमा व्यवसायको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. र शिखर इन्स्योरेन्स कम्पनी लि. लाई पुरस्कृत गरियो । 

साथै राम्रो कार्य सम्पादन गर्ने कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु र वरिष्ठ सहायक सरिता श्रेष्ठलाई नगदद्वारा पुरस्कृत गरी सम्मान गरिएको थियो । 

नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको १० अर्ब चुक्ता पुँजी छ । कम्पनीले यस आर्थिक वर्ष २०७६/७७ मा करिब ८ अर्ब प्रिमियम संकलन गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै