• २०८१ बैशाख १७ सोमबार

प्रचण्डको प्रस्तावले नयाँ बहस शुरु भयो - बर्षामान पुन

kharibot

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं उर्जामन्त्री बर्षामान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको लिखित प्रस्तावले नयाँ बहस शुरु गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री पुनले सामाजिक संजालमा टिप्पणी गर्दै पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, 'पार्टीमा हुने छलफल ,बहस ,अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन ।'  

पुनले सामाजिक संजालमा गरेको टिप्पणी : 

पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्ताबले नयाँ बहस को सुरुवात भएकोछ । पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीब्र बेगको नदि जस्तो हो । पार्टीमा हुने छलफल, बहस, अन्तर्बिरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एबम कार्यकर्ताको जिम्मेवारी हुनसक्दैन । पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिना उत्तेजना राजनीतिक बहसबाट पार्टीमा बिधी,पद्धति र राजनीतिक सँस्कारको बिकास गर्न सबै नेताहरुमा हार्दिक अनुरोध गर्दछु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै