• २०८१ बैशाख १७ सोमबार

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल हिरासत मुक्त

kharibot

काठमाडौँ । तनहुँ प्रहरीको हिरासतमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलहिरासत मुक्त भएका छन् ।

नेता पौडेललाई आज अपराह्न निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तनहुँको दमौलीमा पुल उद्घाटनमा काँग्रेस र नेकपा कार्यकर्ताबीच विवाद हुदा पुल उद्घाटन गर्न गएका नेता पौडेललाई आज प्रहरीले हिरासतमा लिएको थियो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा पौडेलसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेलगायत प्रहरीले हिरासतमा लिएको थियो ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो ।

पौडेलको गिरफ्तारीपछि काँग्रेसले आक्रोशित हुदै सरकारविरुद्ध आक्रोश व्यक्त गरेको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकाल्दै पौडेललाई तत्काल रिहा गर्न माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए । सभापति देउवाले पौडेलको गिरफ्तारीपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर पौडेललाई रिहा गर्न माग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै