• २०८१ बैशाख १७ सोमबार

विश्वकप फुटबल छनौट : नेपालले चाइनिज ताइपेइ र अस्ट्रेलियाविरुद्ध चैत्रमा खेल्ने

kharibot

काठमाडौँ । कतारमा २०२२ मा हुने विश्वकप फुटबलको एसियाको छनौट खेलको दोस्रो राउण्डको खेल तालिका सार्बजनिक भएको छ । 

एशियन फुटबल फेडेरेसनले सार्बजनिक गरेको तालिका अनुसार नेपालले चाइनिज ताइपेइविरुद्ध मार्च २५ (चैत्र १२ गते ) खेल्ने छ भने अस्ट्रेलियाविरुद्ध मार्च ३० (चैत्र १७ ) मा खेल्ने छ । त्यस्तै नेपालले जोर्डनविरुद्ध जुन ७ (जेठ २४, २०७८) मा खेल्ने छ ।

नेपालले समुह बि मा खेलेका पाँच खेलमा ३ अंक हासिल गरेको छ । यस समुहमा अस्ट्रेलिया ४ खेलमा १२ अंक सहित शिर्ष स्थानमा रहेको छ । 

नेपालले विश्वकप छनौटको अन्तिम खेल भुटानमा कुवेतविरुद्ध १-० ले गुमाएको थियो ।

नेपालले खेल्ने बाँकी विश्वकपका सबै खेल घरेलु मैदानमै खेल्ने  छ तर कोरोना महामारी जारी रहेमा परिस्थिति हेरेर अरु कुनै स्थानमा पनि खेल हुनसक्ने एन्फाले जनाएको छ । 

यस अघि मार्च र अप्रिल मै हुनुपर्ने खेलहरु कोरोनाका कारण स्थगित भएका थिए । त्यसपछि अक्टोबर-नोभेम्बरमा हुने भनिएको भएपनि महामारी नरोकिएपछि अर्को बर्षका लागि सरेको थियो ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै