• २०८१ बैशाख १७ सोमबार

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई

kharibot

फाइल तस्वीर

चितवन । पूर्वमन्त्री योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह भरतपुर महानगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा पाार्टी काार्यकर्ता भेलामा उनले भने, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन प्रधानमन्त्रीलाई आग्रह गरे ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेत्री रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटा लगायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै