• २०८१ बैशाख १९ बुधबार

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

kharibot

प्रतिनिधि तस्वीर

वाग्मती । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा दुई करोड ५० लाख रुपैयाँको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ ।

वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

वाग्मती प्रदेश सरकार र गाउँपालिकाको दुई करोड रुपैयाँ लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।

त्यस्तै उक्त गाउँपालिकाको ४० लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरु गर्न लागिएको उनले बताएका छन्  । 

मकवानपुरगढीमा पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा थप १० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ ।

यस क्षेत्रमा मूर्तिहरू निमाण गर्ने लगायतका कामका साथै त्यहाँ बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ । |

गाउँपालिकाको सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको हो । अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईले बताएका छन् ।

अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उलने बताए  ।

जसको कारण भविष्यमा नयाँ रोजगारी सिर्जना हुने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै