• २०८१ बैशाख २० बिहीबार

पिएम कप फाइनल : आर्मीद्वारा एपिएफलाई २१२ रनको लक्ष्य

kharibot

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि दुवै विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेलिरहेका छन् । 

टस हारेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले एपिएफलाई २१२ रनको लक्ष्य दिएको छ । आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको हो ।

आर्मीको लागि हरी चौहानले अविजित ५८ रन बनाएका थिए ।  त्यस्तै राजेश पुलामी मगरले २८ रन बनाए भने लोकेश बमले १५ रन बनाएका थिए ।  त्यस्तै सुशान भारीले १३, अनिल मण्डलले ११, रोहित पौडेलले १३

तथा भीम सार्की र कप्तान विनोद भण्डारीले ७-७ रन बनाएका थिए । त्यस्तै बिक्रम सोबले ११ रन बनाए भने शाहाब आलमले अविजित २५ रन बनाएका थिए ।  

त्यसैगरी एपिएफका बलर अविनाश बोहोराले ४ विकेट लिएका थिए ।  त्यस्तै किशोर महतोले २ विकेट लिए भने कमल ऐरी, शरद भेस्वाकर र भुवन कार्कीले एक एक विकेट लिए । 

यसअघि पहिलो पिएम कपमा नेपाल पुलिस क्लब र आर्मी क्लब संयुक्त विजेता बनेका थिए भने दोस्रो पिएम कपको उपाधि एपिएफले जितेको थियो भने आर्मी उपविजेता बनेको थियो । 

त्यस्तै तेस्रो पिएम कपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने आर्मी उपविजेता बनेको थियो ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै