• २०८१ बैशाख २० बिहीबार

एपिएफलाई हराउदै आर्मी क्लबले जित्यो पिएम कपको उपाधि

kharibot

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका विभागीय टोली नेपाली सेनाले जितेको छ । आर्मी क्लबले शनिबार सम्पन्न फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २१२ रनको लक्ष्य पछाएको एपिएफ ४१.३ ओभरमा अल आउट हुदै १७८ रन मात्र बनाएको थियो ।

एपिएफका लागि असिफ सेखले ६१ रन बनाए भने सन्दीप जोराले २९ रन बनाए । त्यस्तै सुमित महर्जनले १९ रन बनाए भने शंकर रानाले २१ र सुबास खकुरेलले १४ रन बनाएका थिए ।

त्यस्तै आर्मीका बलर बिक्रम सोब, जितेन्द्र मुखिया र शाहाब आलमले ३-३ विकेट लिए भने सुशान भारीले एक विकेट लिएका थिए ।   

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो ।

आर्मीको लागि हरी चौहानले अविजित ५८ रन बनाएका थिए ।  त्यस्तै राजेश पुलामी मगरले २८ रन बनाए भने लोकेश बमले १५ रन बनाएका थिए ।  त्यस्तै सुशान भारीले १३, अनिल मण्डलले ११, रोहित पौडेलले १३ तथा भीम सार्की र कप्तान विनोद भण्डारीले ७-७ रन बनाएका थिए । त्यस्तै बिक्रम सोबले ११ रन बनाए भने शाहाब आलमले अविजित २५ रन बनाएका थिए ।  

त्यसैगरी एपिएफका बलर अविनाश बोहोराले ४ विकेट लिएका थिए ।  त्यस्तै किशोर महतोले २ विकेट लिए भने कमल ऐरी, शरद भेस्वाकर र भुवन कार्कीले एक एक विकेट लिए । 

यसअघि पहिलो पिएम कपमा नेपाल पुलिस क्लब र आर्मी क्लब संयुक्त विजेता बनेका थिए भने दोस्रो पिएम कपको उपाधि एपिएफले जितेको थियो भने आर्मी उपविजेता बनेको थियो । 

त्यस्तै तेस्रो पिएम कपको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने आर्मी उपविजेता बनेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै