• २०८१ बैशाख २१ शुक्रबार

त्रिदेशीय कप फुटबल प्रतियोगिता विजेता खेलाडीले एक-एक लाख पाउने

kharibot

काठमाडौँ । त्रिदेशीय कप फुटबल प्रतियोगिता विजेता नेपाली टोलीका खेलाडीलाई एन्फाले जनही एक लाख दिने भएको छ ।

सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोलीका हरेक खेलाडीलाई एन्फाले एक एक लाख दिने घोषणा गरेको हो ।

साथै एन्फाले उपाधि जिते वापत प्राप्त भएको ५ हजार अमेरिकी डलर पनि वितरण गर्ने जनाएको छ ।

नेपालले ३७ बर्षपछि नेपाली भूमिमा कुनै फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै