• २०८१ बैशाख १४ शुक्रबार

धेरै मिठाे खाने मानिसकाे दिमाग सुस्त हुने एक अध्ययनकाे खुलासा

kharibot

मेलबर्न । मिठा खानेकुरा खाएपछि तपाईले पनि कैयाै पटक अल्छी लागेकाे महसुस गर्नुभएकाे पक्कै पनि हुनसक्छ । 
हालसालै गरिएकाे एउटा अध्ययनका अनुसार धेरै गुलियाे तथा मिठाइहरु खाँदा शरीरमा सुगरकाे मात्रा बढ्ने र यसले दिमागकाे काम गर्ने क्षमता घटाउने तथ्य पत्ता लागेकाे हाे । 

अध्ययनमा सहभागीहरुका अनुसार ग्लुकाेज वा टेबल सुगरकाे सेवनपछि उनीहरुकाे ध्यान र प्रतिक्रियाकाे समय घटेकाे पाइएकाे थियाे । 

न्युजिल्यान्डकाे अाेटागाे विश्वविद्यालयका प्राध्यापक मेई पेंगका अनुसार सुगर मात्रा धेरै भएका खानेकुरा धेरै सेवन गर्दा त्यसले असर गर्छ ।  यस्ताे खानेकुरा सेवन गर्दा हाम्राे मस्तिष्ककाे काम गर्ने प्रवृत्तिमा कुनै न कुनै बदलाव अाउने गर्छ । 

यसअघि धेरै अध्ययनले ग्लुकाेजकाे सम्बन्ध शरीरसँग मात्र नभई मस्तिष्कमा समेत सकारात्मक रुपमा पर्ने र त्यसले हाम्रो स्मरण शक्ति तेजिलाे हुने बताइएकाे थियाे तर याे अध्ययनले भने त्यसकाे विपरीत तथ्य सार्वजनिक गरेकाे हाे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै