• २०८१ बैशाख ३० आइतबार

उम्मेदवारी फिर्ता लिने विषय कल्पनाभन्दा बाहिर- डा.खिमलाल देवकोटा

kharibot

काठमाडौँ । राष्ट्रिय सभाको उप निर्वाचनमा उम्मेदवार बनेका डा.खिमलाल देवकोटाले आफुले उम्मेदवारी फिर्ता नलिने स्पष्ट गरेका छन् ।

सामाजिक संजालमा जानकारी दिदै देवकोटाले उम्मेदवारीमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय भएको बताएका हुन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल पक्षबाट उम्मेदवार बनेका देवकोटा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका छन् । विहिबार एमालेको ओली पक्ष र नेपालबीचको वार्ता सकारात्मक भएपछि देवकोटाको उम्मेद्वारी के हुन्छ भन्ने कौतुहलताका बीच उनले उम्मेदवार कायम रहने बताएका छन् ।

उनले भनेका छन्-'मुलुकका प्रमुख राजनीतिक दल नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय हो । 

निष्ठा र ईमान्दारिताको राजनीति प्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वाश र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ ।'

उनले नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुलेआफुप्रति पूर्ण विश्वास र सदभाव राखेको अवस्थामा आफ्नो उम्मेदवारी प्रति प्रतिवद्ध रहेको बताएका छन् । जेठ ६ गते हुने निर्वाचनका लागि उनले एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापासँग प्रतिष्पर्धा गर्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै