काठमाडौँ । भारतको बाह्य गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै झण्डै ६० जना युवाहरुसँग ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले सप्तरीका रमाकान्त नौनिया भनिने रमाकान्त चौहानलाई काठमाडौंबाट पक्राउ गरेको हो। नौनियाले विनोद कार्की, पदम श्रेष्ठ, सन्तोष कार्की तथागिता महर्जनको समेत सहयोगमा करिब ६० जना सँग ३ देखि ५ लाखसम्म रकम असुलेको प्रहरीले जानकारी दिएको छ ।
भारतीय दुतावासको लेटरहेड प्रयोग गरी नियुक्ती पत्र दिइएको पीडित युवाहरुले बताएका छन् । भारतीय दुतावासको लेटरहेड सक्कली हो कि नक्कली भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नौनियाले मासिक ५० हजार भारु तलव हुने र चार महिनाको तलव आफूलाई दिनुपर्ने भन्दै युवाहरुलाई झुक्याएर लाखौं रकम असुलेका थिए।