• २०८१ बैशाख १६ आइतबार

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोनापे युरोप बिच रेमिटान्स सम्झौता 

kharibot

साइप्रसको ख्यातिप्राप्त कोरोनापे र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु सम्बन्धि सम्झौता भएको छ । अब साइप्रस, युके , जर्मनी, डेनमार्क, स्पेन, इटाली अथवा फ्रान्समा रहेको नेपालीहरुले कोरोनापेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छ । 

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र पकोरोनापेका प्रमुख कार्यकारी अधिकृत ग्लेब क्लोज्लोवले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै