• २०८१ बैशाख १७ सोमबार

हुण्डाईले ल्यायो ‘हुण्डाइ फेस्टिभ डिलाइट २०७८’ योजना

kharibot

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाइ फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुण्डाइ आई-२० गाडी, रु. ३ लाख सम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत रु. १ लाख सम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आ.व.)  समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ  र यस चाडपर्वको मौकामा पनि ‘हुण्डाइ फेस्टिभ डिलाइट २०७८’ मार्फत ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै