• २०८१ बैशाख २० बिहीबार

कतारका विदेशमन्त्री अफगानिस्तान भ्रमणमा, तालिबानी सरकारसँग छलफल

kharibot

काठमाडौँ । कतारका विदेशमन्त्री एवम उपप्रधानमन्त्री बिन अब्दुल रहमान अलथानी अफगानिस्तानको भ्रमणमा काबुल पुगेका छन् । तालिबानले सरकार बनाएपछि काबुल भ्रमणमा पुगेका उनी पहिलो विदेशी नेता हुन् । 

काबुलमा विदेशमन्त्री अलथानीले तालिबान सरकारका प्रमुख मुल्ला मोहमद हसन अंखुदसँग भेटवार्ता गरेका छन् ।

उनले अफगानिस्तानका पुर्व राष्ट्रपति हामिद कारजाई र वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि  भेटवार्ता गरेका छन् ।

तालिबानले कतारी विदेशमन्त्री अलथानीसँगको भेटवार्तापछि एक विज्ञप्ति जारी गर्दै भेट मानवीय सहायता, द्विपक्षीय सम्बन्ध, आर्थिक विकास र विश्वसमुदायसँगको तालिबान सरकारको सम्बन्धका विषयमा छालफल भएको उलेख गरेको छ ।

कतारले तालिबान र अमेरिकाबीचको वार्ताको मध्यस्तता गर्दै आएको छ । त्यस्तै कतार तालिबान सरकारलाई मान्यता दिनुपर्ने पक्षमा रहेको छ । अफगानिस्तानमा लडाई भैरहेका बेला कतारले तालिबानलाई आफ्नो राजनीतिक कार्यालय समेत खोल्न अनुमति दिएको थियो ।

विदेशमन्त्री अलथानीले यस अघि अफगानिस्तानकै विषयमा छलफल गर्न टर्की र पाकिस्तानको समेत भ्रमण गरिसकेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै