• २०८१ बैशाख १७ सोमबार

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

kharibot

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर  बीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी  निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरु बाट भुक्तानी हुनेछ । अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सकिनेछ । ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गरि सेवाको उपभोग गर्न सक्ने छन् । 

मुलुकभरी तथा संसारका २०० बढी मुलुकमाव्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सक्नेछन् र आर.बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ । 

यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवामनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका दश हजार भन्दा बढी ईसेवामनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिनेछ ।

बैंकले हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहितहरु मार्फत बैकिंग सेवा प्रदान गर्दै आइरहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै