• २०८१ बैशाख ३० आइतबार

कजाकिस्तानको सेनालाई बिना आदेश प्रदर्शनकारीमाथि गोली ठोक्न आदेश

kharibot

काठमाडौँ । कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न आदेश  दिइएको छ । आफ्ना हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिएको हो । इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन् ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौ प्रदर्शनकारी मारिएका छन् । शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन् । झडपमा कम्तिमा १८ सुरक्षाकर्मी मारिएका छन् भने ७४८ जना घाईते भएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको छ ।

यसअघि बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए ।

रुसी सेना कजाकिस्तान पुग्यो

राष्ट्रपति टोकाइभले यस हिंसाको लागि विदेशमा तालिम प्राप्त आतंकवादीलाई दोष दिएका छन् । तर, उनीहरुले यो निष्कर्षमा कसरी पुगे भन्ने खुलाएका छैनन् । 

यसैबीच कजाकिस्तानको अनुरोधमा रुसी नेतृत्वको सेना कजाकिस्तान पुगेको छ र काजाकिस्तानको आन्तरिक मन्त्रालयले हिंसामा २६ सशस्त्र अपराधी मारिएको र १८ सुरक्षा अधिकारी पनि मारिएको जनाएको छ ।

गृह मन्त्रालयले तीन हजारभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । यद्यपि, प्रभावित क्षेत्रमा इन्टरनेट बन्द छ र धेरै कम जानकारी मात्र बाहिर आउने गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार देशभर ७० वटा चेक प्वाइन्ट स्थापना गरिएको छ ।

संयमता अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह:

कजाकिस्तानमा तेलको मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसा बढेको हो । यसपछि अमेरिका, बेलायत, फ्रान्स बाहेक संयुक्त राष्ट्रसंघले पनि सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै