• २०८१ बैशाख ३० आइतबार

कजाकिस्तान संकटः ९ हजार जनालाई जेल चलान, नयाँ प्रधानमन्त्री नियुक्तिको तयारी

kharibot

नुर सुल्तान । कजाकस्तानमा अशान्ति बढिरहेका बेला सरकारले साढे नौ हजारलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

इन्धनमा मूल्य बृद्धिपछि गत साता भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुलाई पकाउ गरी थुनामा राखेको हो । 

राष्ट्रपति कस्याम जोमार्ट टोकायेभले सरकारविरुद्धकाे हिंसात्मक पर्दशनलाई कु प्रयास बताउँदै आएका छन् ।

राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै आजै नयाँ प्रधानमन्त्री चुन्ने तयारी छ । प्रदर्शनमा अन्य क्षेत्रीय देशहरु, अफगानिस्तान, मध्यपूर्वबाट आएका मुस्लिम अतिवादीले प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला भएको बताए ।

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १६ सुरक्षाकर्मी र २०० प्रदर्शनकारी मारिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै