• २०८१ बैशाख १७ सोमबार

पूर्वसभामुख महराद्वारा मतदान

kharibot

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गरेका हुन् । 

यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्  । 

माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै