• २०८१ बैशाख २१ शुक्रबार

गृहमन्त्री खाँडको प्रष्टीकरण- जाति विशेषलाई लक्षित गरेर गोली प्रहार भएको होइन

kharibot

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरीको गोली लाग्दा भएको नवीना थारुको मृत्यु घटनाबारे गठित समितिले निष्पक्ष ढंगले छानबिन गर्ने दाबी गरेका छन् । 

उनले स्थानीय समुदाय, जनप्रतिनिधि र सर्वदलीय संयन्त्रले पनि घटनाको छानबिन गर्न माग गरेको र सोहीअनुसार समिति गठन गरिएको हो । 

उनले घटनालाई दुःखद् र जाति विशेषलाई लक्षित गरेर गोली प्रहार नभएको पनि स्पष्ट पारे । 

घटनाले संवेदनशील ठानिएर नै सरकार उत्तरदायी भएर समिति गठन गरिएको भन्दै उनले समितिले बुझाउने प्रतिवेदनको आधारमा संलग्नलाई कारबाही हुने आवश्यक बताए ।

सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरेको छ । 

थारुको हिजो प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै