• २०८१ जेठ १ मंगलबार

युरोपमा नाटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नाटो सेनालाई सुदृढीकरण गर्ने  घोषणा गरेका छन् । नाटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् ।

म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नाटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चार बाट ६ पुर्याउने उनले बताएका छन् । त्यस्तै, पाँचौं आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै