• २०८१ जेठ १ मंगलबार

स्वीडेन र फिनल्याण्डलाई नाटोको सदस्य बनाउने प्रोटोकलमा हस्ताक्षर

kharibot

काठमाडौँ । स्वीडेन, फिनल्याण्ड सदस्य बनाउन ३० नाटो सहयोगीहरूले प्रोटोकलमा हस्ताक्षर गरेका छन् । अब दुवै देशको सदस्यता अनुरोध विधायिका अनुमोदनका लागि गठबन्धनको राजधानीमा पठाइएको छ ।

युक्रेनमा आक्रमणपछि रुसलाई रणनीतिक रूपमा एक्लो पार्ने प्रयासको एक हिस्साको रूपमा यो कारबाही गरिएको हो । नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले यो फिनल्याण्ड, स्वीडेन र नाटोका लागि ऐतिहासिक क्षण भएको बताए ।

यद्यपि, गठबन्धनमा सहमति भए पनि, टर्कीले अझै पनि यी दुई देशको अन्तिम समावेशीकरणलाई रोक्न सक्छ । यसको पछाडि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको संसदले सम्झौताको अनुमोदन अस्वीकार गरेको बताएका छन् । यो स्वीडेन-फिनल्याण्डको लागि एक अवरोध हो किनकि नाटोमा उनीहरूको समावेशीकरणलाई अन्तिम रूप दिन सबै ३० देशहरूबाट औपचारिक स्वीकृति चाहिन्छ ।

प्रोटोकलमा हस्ताक्षर गर्नु भनेको नाटो क्याम्पमा स्वीडेन र फिनल्याण्डका लागि थप ठाउँ भने हो । निकट साझेदारको रूपमा, तिनीहरू पहिले नै गठबन्धनका केही बैठकहरूमा सहभागी भइसकेका छन् । दुबै देशले अब सबै राजदूत बैठकमा आधिकारिक आमन्त्रितको रूपमा भाग लिन सक्नेछन् । तर उनीहरुलाई भोट हाल्ने अधिकार भने हुने छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै