• २०८१ बैशाख १७ सोमबार

स्वीडेन औपचारिक रुपमा बन्यो नाटोको सदस्य देश

kharibot

काठमाडौँ । युरोपेली राष्ट्र स्वीडेन औपचारिक रुपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को ३२औं सदस्य बनेको छ । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि स्विडेनले नाटोमा सामेल हुन आवेदन दिएको थियो । दुई वर्षपछि, स्वीडेनले नाटोमा प्रवेश प्राप्त गरेको छ ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले नाटोमा स्वीडेनको प्रवेशलाई स्वतन्त्रताको विजयको रूपमा वर्णन गरेका छन् । दुवै विश्वयुद्धसमेत  तटस्थताको दृष्टिकोण राखेको स्विडेनले युक्रेन युद्धपछि आफ्नो रुसप्रतिको दृष्टिकोण परिवर्तन गर्दै नाटोमा आवद्ध हुने निर्णय गरेको थियो ।

स्वीडेनका प्रधानमन्त्री उल्फलाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नाटोमा आवद्ध भएको औपचारिक दस्ताबेज हस्तान्तरण गरेका छन् ।

नाटोमा अल्बानिया, बेल्जियम, बुल्गेरिया, क्यानडा, क्रोसिया, छेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, जर्मनी, ग्रीस, हंगेरी, आइसल्याण्ड, इटाली, लात्भिया, लिथुयाना, लक्जेम्बर्ग, मोन्टेनेग्रो, नेदरल्याण्डस, नर्थ मासेडोनिया, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभानिया, स्पेन, स्विडेन, तार्कि, बेलायत र अमेरिका गरि ३२ सदस्य देश रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय