• २०८१ बैशाख १६ आइतबार

कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

kharibot

रुपन्देही  । कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका-१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएक हो ।

सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।

सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै