• २०८१ बैशाख १७ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ सुयोग श्रेष्ठद्वारा नयाँ कार्यकालको शुभारम्भ

kharibot

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)  मा पुन: नियुक्त भएका सुयोग श्रेष्ठले आफ्नो नयाँ कार्यकालको आजदेखि शुभारम्भ गरेका  छन् ।

यहि भदौ ५ गते वसेको बैंकको संचालक समितिको बैठकले श्रेष्ठले अर्को चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्ति गरेको थियो ।

श्रेष्ठले ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट सांग्रिला कस्टमर केयर शुभारम्भ समेत गरेका छन् । सांग्रिला कस्टमर केयरमार्फत ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै