• २०८१ बैशाख १७ सोमबार

कार दुर्घटनामा परेका युक्रेनी राष्ट्रपति जेलेन्स्की सकुशल

kharibot

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनामा परेको छ । तर, उनलाई सामान्य चोट लागेको छ । जेलेन्स्कीका प्रवक्ताले स्थानीय मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएका हुन् ।

जेलेन्स्कीका प्रवक्ता सेर्ही न्याकिफोरोभले बिहीबार फेसबुक पोस्ट साझा गर्दै राष्ट्रपतिको कार र मोटरसाइकल ठोक्किएको बताएका छन् ।

दुर्घटनापछि जेलेन्स्कीको जाँच गरिएको र उनी गम्भीर घाइते नभएको उनले जानकारी दिएका छन् ।

अर्कोतर्फ विगत आठ महिनादेखि रुससँग चलिरहेको युद्ध अब नयाँ चरणमा प्रवेश गरेको छ । विगत ६ महिनादेखि रुसी सेनाको कब्जामा रहेको युक्रेनको महत्वपूर्ण रणनीतिक सहर इजियमलाई युक्रेनी सेनाले पुनः कब्जामा लिएको छ ।

जब युक्रेनी सेनाहरू शनिबार इजियम शहरमा प्रवेश गरे, यो ठूलो सैन्य विजय भन्दा कम थिएन ।

युक्रेनी सेनाको बोहुन ब्रिगेडका प्रवक्ताले विज्ञप्तिमा रुसी सेनालाई युक्रेनी सेनाले खार्किभ क्षेत्रको पूर्वी शहर इजियम खाली गर्न बाध्य पारेको बताएका छन् । यसअघि बुधबार, जेलेन्स्कीले इजियमको भ्रमण गरेका थिए र यसलाई कब्जा गरेकोमा आफ्ना सेनाहरूलाई धन्यवाद दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै