• २०८१ बैशाख १७ सोमबार

इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्सको सफ्टवेयर हस्तान्तरण

kharibot

काठमाडौँ । मद्रास सेक्युरिटी प्रिन्टर्सले इलेक्ट्रोनिक्स ड्राइभिङ लाइसेन्स (इडिएल)को सफ्टवेयर हस्तान्तरण गरेको छ । मद्रासको नेपाल एजेन्ट बिबी ट्रेड लिङ्कका प्रतिनिधिले यातायात व्यवस्था विभागलाई इडिएलको सफ्टवेयर हस्तान्तरण गरेको सहायक सूचना अधिकारी अर्जुन अधिकारीले जानकारी दिए ।

उक्त कम्पनीले सफ्टवेयर हस्तान्तरण नगर्दा ड्राइभिङ लाइसेन्सदेखि अन्य स्टिकरलगायत काममा देखिएका समस्या अब समाधान हुने विभागले जनाएको छ । इडिएलको सफ्टवेयर हस्तान्तरण भइसकेको र सोर्सकोडसमेत पाइसकेकाले अब सफ्टवेयर चलाउनेका लागि विभागका कर्मचारीलाई तालिम दिन कम्पनीले फेरि सम्झौता गरेको यातयात व्यवस्था विभागले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै