• २०८१ बैशाख १७ सोमबार

बर्षामान पुन फलोअप उपचारका लागि आज चीन जादै

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् ।

नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे चीन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन् ।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परिक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन् ।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए । बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै