• २०८१ बैशाख १७ सोमबार

जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन

kharibot

काठमाडौं  । जोरपाटी-साँखु सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई तीन दिनभित्र सुरु गरेको काम ( थलीको कालोपत्रे) सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन लिएको छ ।

अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो । 

आयोजनाले मंगलबार जारी गरेको सूचनामा थली बजार क्षेत्रमा २९ मंसिरमा एक लेन कालोपत्रे गरेपछि अलपत्र छाडेको, आयोजना कार्यालयमा काम बन्द गर्नुको कारण पेश नगरेको र साइटमा धुलो उडेकोले गर्दा आयोजना कार्यालय, कागेश्वरी मनोहरा नगरपालिका एवं स्थानीयवासी पीडामा रहेको उल्लेख छ ।

निर्माण व्यवसायीले प्रतिबद्धता बमोजिम काम नगरी अलपत्र छाडेको कारण आयोजनाको बारेमा नकारात्मक प्रभाव परेको सूचनामा उल्लेख छ । यसकारण तीन दिनभित्र सो स्थानको बाँकी कालोपत्रे पुरा गर्न आयोजनाले निर्देशन दिएको छ । 

अन्यथा निर्माण कम्पनीको नाममा यस आयोजनामा रहेको बैंक ग्यारेन्टीहरू जफत गरी ठेक्का सम्झौता बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै