• २०८१ बैशाख १८ मंगलबार

खगेन्द्रको फिल्म ‘डमरुको डण्डीबियो’  को ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’  को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई लिएर बनाइएको यस फिल्मको ट्रेलरमा डण्डीबियो खेल्ने निर्णय लिएपश्चात् खगेन्द्रको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । फिल्म खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम, अवरोध, रोदन, द्वन्द्व सबै पक्षलाई समेटेर फिल्मलाई कमर्सियल बनाउन खोजेको देखिन्छ । 

यस अघि फिल्म ‘धनपति’बनाएका खगेन्द्र अलि फरक धारका फिल्म बनाउने र अभिनय गर्नका लागि चिनिन्छन् । 

यस फिल्ममा खग्रेन्द्रका अलावा मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् भने फिल्मको निर्देशन छेतेन गुरुङले गरेका छन् ।  

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । 

प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्म २०७५ को बैशाख २१ गते रिलिज गरिने बताइएको छ ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै